न्यायालयको समस्या समाधान त्यहिं भित्रबाट गर्नुपर्छ, हस्तक्षेप गरेर हुँदैन : उपेन्द्र यादव


२७ कार्तिक २०७८, शनिबार
Upendra Yadav

मोरङ, २७ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या त्यहिभित्रबाट समाधान हुनुपर्ने बताएका छन् ।

‘न्यायालयभित्रको समस्याको समाधान त्यहींभित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नु हुन्छ, एकाध दिन ढिलो चाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षोप गरेर हुँदैन किनकी दुनियाँमा कहीं पनि यस्तो चलन छैन । त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो,’ विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष यादवले भने ।

संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै आएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकाले संशोधन गरेर परिमार्जन गर्नुपर्ने बताए । ‘अहिलेको संविधानलाई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकी संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले भने, ‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’ संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए ।

नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए । एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७