४७८ ले जिते कोरोना, २९५ नयाँ थपिए


२७ कार्तिक २०७८, शनिबार
korona

काठमाडौं, २७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,२४३ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५,२२५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २६० जना र एन्टिजेन विधिबाट तीन हजार १८ नमुनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ४७८ जना संक्रमित निको भएका छन् भने दुई संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार २७८ मा झरेको छ । आज शनिबार देशभर ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७