तमोर करिडोरले चीन र भारत जोड्दै


२८ कार्तिक २०७८, आईतवार
tamor koridor scaled
dWokxf8L nf]sdfu{sf] tdf]/ sl/8f]/ t]x|y’d / kfFry/ hf]8g] dWokxf8L nf]sdfu{sf] tdf]/ sl/8f]/df ag]sf] k’n / kfFry/sf] dflem6f/ . t:jL/ M cd[t af:tf]nf, t]x|y’d, /f;;

ताप्लेजुङ, २८ कात्तिक । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर करिडोरको अन्तिम ट्रयाक (मार्ग) खोल्ने कार्य हाल जारी छ ।

अब ट्रयाक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्रयाकले ओलाङ्चुङगोला जोड्ना साथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिने बित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ ।

यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ । करिडोरको ट्र्याक निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७