६ वर्षदेखि सडक नबनेपछि सार्वजनिक यातायातमा मन्त्री, सचिव र महानिर्देशकको फोटो टाँसेर विरोध


२८ कार्तिक २०७८, आईतवार
birod2021 11 14 06 39 21

दोेलखा, २८ कात्तिक । दोलखाको मुडे–चरिकोट खण्ड वर्षौदेखि अलपत्र परेपछि स्थानीय भौतिक योजनामन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको फ्लेक्स सार्वजनिक सवारीसाधनमा टाँसेर विरोधमा उत्रिएका छन् ।

‘लगातार जनताले सास्ती पाउँदा पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्ति कानमा तेल हालेर बसे,’ मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले भने, ‘सोही कारण प्रमुख जिम्मेवार व्यक्तिहरूको तस्बिर टाँसेर विरोध गर्न बाध्य भएका हौं ।’
०७२ भदौमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी भारतीय कम्पनी सकिल हैदर र नेपाली कम्पनीहरू शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए । तर, ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७