ग्वार्कोमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु


२८ कार्तिक २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, २८ कात्तिक । ललितपुरको ग्वार्कोमा स्कुटर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । घटना गए रातिको हो ।
ग्वार्को इमाडोल सडकखण्डमा पर्ने ग्वार्को चोक नजिक प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुढाथोकी ललितपुरको लामाटार निवासी हुन् । स्कुटर आफै अनियन्त्रित भएर पल्टिएको हो कि अन्य गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७