सीसीटीभी जोडेर तास खेलिरहेका ६ जना १९ लाखसहित पक्राउ


२८ कार्तिक २०७८, आईतवार
juwa

पोखरा, २८ कात्तिक । घर भाडामा लिएर सीसीटीभी जोडेर तास खेलाउनेसहित ६ जनालाई कास्की प्रहरीले १८ लाख ७५ हजार नगदसहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १२ चापापानी को एक घर मुस्ताङको थासाङका ३२ वर्षीय नवीन गौचनले भाडामा लिएका थिए । उनले उक्त घर भाडामा लिनुको प्रयोजन नै तास खेलाउनु थियो । तर, प्रहरीले समात्ने डर पनि उत्तिकै थियो । जुवातास खेलाउन र प्रहरीबाट बच्न उनले घरमा सीसीटीभी जडान गर्ने जुक्ती निकाले । यहाँसम्म कि जुवाखालबाटै उक्त सीसीटीभीबाट गेटमा प्रहरी आएको थाहा पाउन सकिन्थ्यो । जुवाखालमा नै क्यामेराको दृष्य हेर्न टीभी जडान गरिएको थियो ।

तर, विशेष सूचनाको आधारमा शनिबार बिहान कास्की प्रहरीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको कमाण्डमा गएको प्रहरीले एक बुक तास र १८ लाख ७५ हजार नगद सहित ६ जुवाडेलाई पक्राउ गर्न सफल भयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अवैध जुवातास मुद्दामा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७