भुपेन्द्र बडुवाल हत्या प्रकरण : अनुसन्धानमा सीआईबी खटाउने तयारी


२८ कार्तिक २०७८, आईतवार
Bhupendra Case 1 1

कैलाली, २८ कात्तिक । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालयको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो ।

गत मंगलबार राति २३ वर्षीय भुपेन्द्र बडुवालको टीकापुरमा छुरा हानी हत्या भएको थियो । हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरेको छ । हत्याका मुख्य योजनाकार नवीन रावलसहित अन्य तीन जना फरार छन् ।

होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । उनी फरार छन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘यो संगठित अपराध हो । यसका प्रमाण जुटाउन र पुष्टि गर्न सिआइबीको आवश्यकता महसुस गरेपछि सीआईबीले सघाउने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७