रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


२८ कार्तिक २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

रोल्पा, २८ कात्तिक । रोल्पामा जीप दुर्घटना हुँदा आज (आइतबार) तीन यात्रुको ज्यान गएको छ । तीन जना घाइते छन् । प्रहरीका अनुसार बिहान ११ बजेतिर घर्तीगाउँ नजिकैको सडकबाट जीप करिब ३ सय मिटरमुनि खसेको थियो ।

माडी गाउँपालिका–६ हान्निङदेखि गाउँपालिकाको केन्द्र घर्तीगाउँतिर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप सडकमुनि खसेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार मृत्यु हुनेहरुमा दुई जना पुरुष र एक जना महिला छन् ।

उनीहरुको सनाखत हुन बाँकी छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए । उक्त क्षेत्रमा केही महिनाअघि एम्बुलेन्स दुर्घटना भएको थियो । उक्त घटनामा चालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७