रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड गर्ने ६ जना पक्राउ


२८ कार्तिक २०७८, आईतवार
2545676984528434398076127038108252234799344n 14112021083657 1000x0 1

काठमाडौं, २८ कात्तिक । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो ।

विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले जानकारी दिए । ’हामी ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरु भेला भएका थियौं । अचानक एकडेढ सयको हुलमा आएका गैरप्रतिनिधिहरुले सभास्थल बिथोले,’ उनले भने । उक्त समूहले वितरण गर्न राखिएका रेडक्रसका ज्याकेटहरु समेत लुटेर लगेको तिम्सिनाले इकान्तिपुरलाई बताए । कुर्सी भाँच्दै बितण्डा मच्चाएपछि कार्यक्रम स्थगन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो ।

सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो । तीनै जिल्लाबाट आएकाहरुले सभा बिथोलेको अध्यक्ष तिम्सिनाले बताए ।

सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंका प्रवक्ता एसपी सुशीलसिंह राठौरले सभा बिथोल्न खोजेका ६ जनालाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७