वार्नर बने टी–२० विश्वकपको उत्कृष्ट खेलाडी


२९ कार्तिक २०७८, सोमबार
david warner NhkOJFpyWr

काठमाडौं, २८ कात्तिक । डेभिड वार्नर आईसीसी टी–२० विश्वकपको उत्कृष्ट खेलाडी बनेका छन् । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई उपाधि दिलाउने क्रममा अर्धशतकीय पाली खेलेका वार्नरलाई विश्वकपकै उत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

न्युजिल्याण्डसँगको खेलमा वार्नरले चार चौका र तीन छक्काको सहयोगमा ५३ रन प्रहार गरेका थिए । वार्नरले समग्रमा यो विश्वकपमा सात खेलबाट २८९ रन प्रहार गरेका छन् । ३५ वर्षीय वार्नरले भने अष्ट्रेलियाले जित्नुमा टोलीका सबै सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । उसले पाँच एक दिवसीय विश्वकपको उपाधि पनि जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७