१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


२९ कार्तिक २०७८, सोमबार
Rape for nayapage

उदयपुर, २८ कात्तिक । उदयपुरमा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा शुक्रबार जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय, कटारीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७