संस्था डुबाउने खेलमा सिइओ नै, खराब कर्जा बोकाएको आरोप


२९ फाल्गुन २०७४, मंगलवार
ceo

काठमाण्डौं, २९ फागुन : काठमाडौं ठूला सहकारीमध्ये श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पनि नाम आउँछ । तर, अहिले सहकारीका सिइओकै कारण संस्था बाहिर हेर्दा राम्रो, भित्र भने भद्रगोल बन्दै गएको सहकारीका सदस्यहरुले आरोप लगाएका छन् । सहकारीमा सीइओको मनपरीले सीमा नाघ्न थालेको स्वयम् सहकारीका सञ्चालकहरु बताउँछन् ।ceo

उनले संस्थाको विधि र प्रचलित कानुन विपरीत कर्जा प्रवाह गर्ने र उक्त ऋण असुल्न नसकेको खण्डमा सहकारीलाई ‘खराव कर्जा’ को भार बोकाएर मनपरी गरिरहेको खुलासा भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले यस्तो गलत काम गरिरहेको सञ्चालकहरुको आरोप छ । । संस्थाको नियममै रहेको जस्तो देखाएर आफ्ना नजिकका व्यक्तिलाई ‘फस्ने’ भन्ने जान्दा–जान्दै ऋण प्रवाह गर्ने र सहकारी डुबाउने खेलमा उनी लागेको भन्दै नियामक निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीविरुद्ध उजुरी परेपछि यस्तो खुलासा भएको हो ।
नाम उत्कृष्ट, काम भद्रगोल !

संस्थाका सीइओ सुरेन्द्र भण्डारीले विभिन्न शक्ति केन्द्रको आडमा मनपरी गरेको पाइएको छ । उनले विभिन्न कीर्ते ऋणि समेत खडा गरेर कर्जा प्रवाह गर्ने गरेको, आफुखुशी व्याजमा साँवा जोडी व्याज लिने गरेको र सहकारी ऐन विपरीत संस्थालाई डुबाउने खेलमा लागेको भन्दै उनीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । यस सम्बन्धि केहि काजगातहरुसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सहकारी संस्थाहरुको नियमनकारी निकायमा समेत उनीविरुद्ध उजुरी परेको छ ।

सहकारी बाहिर भन्दा भने उत्कृष्ट ठहरिएको संस्था हो । उक्त संस्थाले गत बर्ष मात्रै सरकारलाई साढे ३ करोड बढी राजश्व बुझाएर आफूलाई उत्कृष्ट सहकारी बनाउन सफल देखाएको थियो । संस्थाको विशेष स्रोतले दिएको जानकारी अनुसार यो पनि सीइओ भण्डारीकै फण्डा हो । झट्ट हेर्दा उत्कृष्ट जस्तो देखाउने, संस्थाका तर्फबाट राजश्व पनि तिर्ने तर भित्रभित्रै आफ्नो स्वार्थ पूरा गर्ने फण्डा अनुसार भण्डारीकै निर्देशनमा संस्थामा विभिन्न खाले गैरकानुनी काम हुने गरेको छ ।

भण्डारीको मनपरी प्रमाण !

सहकारी संस्थाभित्र भण्डारीले आफ्ना मानिसहरुलाई ऋण वापतको व्याज मिनाहा गरेको स्पष्ट देखिन्छ । आफ्नाहरुलाई ब्याज मिनाहा गर्ने र अरुलाई टोकसेर संस्थाको नाफा घाटा मिलाउने उनको रबैयाले सेयर होल्डरहरुलाई पनि ठूलो घाटा परेको देखिन्छ । भण्डारीकै नजिककी व्यक्ति मानिएकी सब्बुसिंह भण्डारीलाई संस्थाले २०६९ मा लिएको ऋणमा पटक पटक गरी ९ पटक ब्याज मिनाहा गरेको देखिन्छ । सहकारी संस्थासम्बन्धी नियमको ठाडो बर्खिलाफ गर्दै उनले संस्थामा यस्तो मनपरी गरेको देखिएको छ ।

‘सब्बुसिंह (भण्डारी) त देखिएकी पात्र मात्र हुन् । सुरेन्द्र भण्डारीले यसरी थुप्रै गलत काम गरेका छन् । हामीले अख्तियारमा उजुरी गरिसकेका छौं । अव यो केस नियमनकारी निकाय र अख्तियारले हेर्छ र सीइओ साप कानुनको फन्दामा पर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । देशमा कानुन छ । यहाँ मनपरी गर्न मिल्दैन । अझ सहकारी जस्तो संवेदनशील कुरामा त झन् मिल्दै मिल्दैन ।’ सहकारी मन्त्रालय अन्तर्गत रहेको नियमनकारी निकाय सहकारी विभागको फितलो अनुगमनका कारण सहकारी ऐनको ठाडो बर्खिलाफ भएको भए पनि तैं चुप मै चुपको शैलीमा सबै लाग्दा यसले समग्र सहकारीमा विकृति त ल्याएको छ नै शेयर होल्डरले पाउने प्रतिफलमा समेत असर परेको छ ।

स्वअनुगमनका नाममा मनपरी !

श्री लालीगुराँस सहकारीमा यतिसम्म मनपरी छ कि यहाँ नियमित रुपमा डिपोजिट गर्नेहरुले कम ऋण लिइरहेका हुन्छन् भने नियमित डिपोजिट नगर्ने तर संस्थाको पैसा चलाउनेहरु बढी सक्रिय भएका छन् । यो सहकारीमा यतिसम्म मनपरी छ कि सुरेन्द्र भन्डारीका आफन्तले वा नजिकका व्यक्तिले चाहेको खण्डमा एक दिनमै ठूलो रकमको कर्जा प्रवाह गरिएको छ । अझ सहकारीका भित्री तथ्य खोतल्ने हो भने त कतिपय अवस्थामा भण्डारीका आफन्त र साथीभाइले पैसा लगेर चलाईसकेपछि बल्ल सहकारीमा इन्ट्री हुने गरेको समेत पाइएको छ ।

तर औपचारिकताका लागि गरिने लेखापरीक्षण र नियमनकारी निकायको फितलो उपस्थितिका कारण संस्था भित्रभित्रै धरासायी भइरहेको छ । संस्थामा अर्को मनोमानी पनि छ । नियमित रुपमा डिपोजिट गर्नेहरुले समयमा सजिलो गरी ऋण पाउँदैनन् तर सुरेन्द्र भण्डारीका आफन्तले मनपरी ढङ्गले एक दिनमै सबै प्रक्रिया नै नपुर्‍याई पैसा लैजाने र प्रक्रिया पछि पु¥याउने गर्दा ठूलो ‘सिष्टम रिस्क’ पनि देखा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७