सान मारिनोमाथि इङ्ल्याण्डको गोलको वर्षा, केन एक्लैको चार गोल


३० कार्तिक २०७८, मंगलवार
england wGfacRiuYz

काठमाडौं, ३० कात्तिक । फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत मंगलबार बिहान भएको समूह आईको खेलमा इङ्ल्याण्डले कमजोर टोली सान मारिनोमाथि १०–० को फराकिलो जित हात पारेको छ ।

इङ्ल्याण्डका लागि ह्यारी केन एक्लैले चार गोल गरे। उनले दुई गोल पेनाल्टीमार्फत् गरेका हुन् । सन् १९६४ पछि इङ्ल्याण्डले कुनै पनि टोलीविरुद्ध दोहोरो अंकको गोल गरेको हो । खेलको पहिलो हाफमा नै ६ गोल खाएको सान मारिनो दोस्रो हाफको ६८ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

ह्यारी केनले यसअघि अल्बानियासँगको खेलमा पनि ३ गोल गरेका थिए । योसँगै इङ्ल्याण्ड समूह आईको शीर्षस्थानमा रहँदै विश्वकपको लागि छनोट भएको छ । उसले १० खेलबाट २६ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको पोल्याण्डको समान १० खेलबाट २० अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७