रुसमा एकै दिन ३८ हजारमा कोरोना संक्रमण, चीनमा ५२ जना भेटिए


३० कार्तिक २०७८, मंगलवार
AP21292423999633

काठमाडौं, ३० कात्तिक । कोरोना भाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् । चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभरिमा ५२ जना मात्र नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिएका मध्ये पनि देशभित्रैबाट सङ्क्रमित भएका भने ३२ जना मात्रै रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

आन्तरिक रूपमा सङ्क्रमित भएकामध्ये २५ जना लिओनिङ्का रहेका छन् भने दुई जना हेइलोङजियाङ र एक एक जना हेबेइ र युनानका रहेका छन् । अरू २० जना भने विदेशबाट आएकाहरूमध्येमा देखिएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

तर सोही अवधिमा रुसमा भने ३८ हजार ४२० जना नयाँ सङ्क्रमित देखिएको रुसी अधिकारीहरूको भनाइ छ । योसँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कूल संख्या ९१ लाख नौ हजार ९४ पुगेको छ ।

रुसमा पछिल्लो समय लगातार औसतमा ४० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ । तर ४० हजारभन्दा कम सङ्क्रमित देखिएको सोमबार तेस्रो दिन हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७