प्रदेश १ : प्रदेशसभा बैठक रोक्ने एमालेको प्रस्ताव सत्तारुढ दलहरुले मानेनन्


३० कार्तिक २०७८, मंगलवार
pradesh 1

मोरङ, ३० कात्तिक । बन्दका कारण आफ्ना सांसद आउन नसकेको भन्दै नेकपा (एमाले) ले प्रदेश–१ को आजको बैठक स्थगन गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण विराटनगर बाहिर रहेका धेरै सांसदहरू आइपुग्न नसेकेकाले सदन स्थगन गर्न माग गरिएको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । एमालेले भने मतदान प्रक्रिया थालिए बैठकमा सहभागी नहुने बताएको छ ।

पाँच गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका राईले आजको बैठकमा विश्वास मत लिने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कार्य व्यवस्थाको बैठकमा एमालेले सदन स्थगन गर्न माग गरेको हो । सत्तारुढ दलले भने वैठक रोक्ने एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७