प्रदेश–१: मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची पछि सर्‍यो

सभामुख एमालेको कार्यकर्ता जस्तो भएको आरोप


३० कार्तिक २०७८, मंगलवार
Rajendra Rai 4

मोरङ, ३० कात्तिक । प्रदेश–१ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । वैठक स्थगित भएसँगै मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची पछि धकेलिएको छ ।

बैठक शुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका हुन् । यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।
सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै आजको बैठक स्थगन गरेका हुन् । अब मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७