कर्णालीको कानुनमन्त्रीमा नेकपा (एस) का चन्द्रबहादुर शाही, आजै शपथ


३० कार्तिक २०७८, मंगलवार

सुर्खेत, ३० कात्तिक । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै (मंगलबार) नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

शाहीको अहिले साढे पाँच बजे प्रदेश शपथ ग्रहण हुने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७