शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दुई चरणका खेल दशरथ रङ्गशालामा


१ मंसिर २०७८, बुधबार
football
सांकेतिक तस्वीर

काठमाडौं, १ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई चरणका खेल दशरथ रङ्गशालामा हुने भएका छन् । पर्सी ३ गतेदेखि शुरु हुने प्रतियोगितामा शुरुवाती दुई चरणका सबै खेल दशरथ रङ्गशालामा हुने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको तालिकालाई हेरफेर गरी नयाँ खेल तालिका सार्वजनिक गरेको हो । यसअघि एन्फाले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल हुने जनाएको थियो । लिगको उद्घाटन खेलमा पर्सि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब खेल्ने छन् ।

दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइनेछ । दोस्रो दिनदेखि हरेक दिन दुई वटा खेल हुने छन् । पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे शुरु हुनेछ । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७