प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै


१ मंसिर २०७८, बुधबार
rajendra rai L76afrhC5a

मोरङ, १ मंसिर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् ।

यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले) का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बैठक शुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।

सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै बैठक स्थगन गरेका थिए । राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७