नर्वेलाई हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट


१ मंसिर २०७८, बुधबार
netharlands bfkeZ3tNp3

काठमाडौं, १ मंसिर । नेदरल्याण्ड्स आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ । बुधबार बिहान भएको युरोपेली छनोटअन्तर्गत समूह जीको खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्सले कतारको लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।

समूह जीमा १० खेलबाट २३ अंक हात पार्दै नेदरल्याण्ड्स विजेता बनेको हो । दोस्रो स्थानमा रहेको टर्कीले १० खेलबाट २१ अंक हात पारेको छ । नर्वे भने समान खेलबाट १८ अंकसहित तेस्रो स्थानमा छ । यससँगै नर्वेको विश्वकपमा पुग्ने सम्भावना सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७