मस्कले कर तिर्न बेचे टेस्लाको थप ९ लाख बढी शेयर


१ मंसिर २०७८, बुधबार
elon

काठमाडौं, १ मंसिर । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ९ लाख ३४ हजारभन्दा धेरै शेयर बिक्री गरेका छन् ।

सोमबारको तथ्यांकअनुसार उनले कर बुझाउनको लागि ९३ करोड डलर बराबरको शेयर बिक्री गरेका हुन् । यसअघि पनि मस्कले १ अर्ब १० करोड डलर बराबरको शेयर बिक्री गरेका थिए ।

यसअघि मस्कले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आफूसँग कर तिर्न शेयर बेच्नुको विकल्प नभएको बताएका थिए । उनले कर तिर्न टेस्लाको १० प्रतिशत शेयर बेच्ने वा नबेच्ने निर्णय गर्ने अधिकार प्रयोगकर्तामा छाडेका थिए । अधिकांश प्रयोगकर्ताले उनलाई टेस्लाको शेयर बेच्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७