मुख्यमन्त्री राईले मागे विश्वासको मत


१ मंसिर २०७८, बुधबार
Rajendra Rai 1
फाइल फोटो

मोरङ, १ मंसिर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मागेका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग गरेसँगै उनले विश्वासको पाएनन् । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश–१ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् । प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७