मुख्यमन्त्री राईलाई एमालेको प्रश्न : होटेल खर्च बढ्ने देखेर हतारिएको हो ?


१ मंसिर २०७८, बुधबार
Hikmat Karki
फाइल फोटो

विराटनगर, १ मंसिर । सांसदलाई अड्याउन नसक्ने र होटेल खर्च बढ्ने देखिएर मुख्यमन्त्री राजेन्द्र राई विश्वासको मत लिन हतारिएको प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदले आरोप लगाएका छन् ।

बुधबार प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकमा बोल्दै पूर्व आन्तरिक मामिलामन्त्री तथा एमाले सांसद हिक्मत कार्कीले आफूलाई लोकतन्त्रको नायक भन्ने नेपाली कांग्रेस र भर्खर बनेका दलले समेत त्यस्तै चरित्र देखाएको बताए । उनले भने, ‘पार्टी विभाजन गर्न २० प्रतिशत भए पुग्ने भनेर अध्यादेश ल्याउनेले त्यसलाई कानुन बनाउन सदनमा ल्याए हुन्छ । कानुन बनाएर अगाडि ल्याउन तयार हुनुहोस् । किन एमाले विभाजन भएपछि अध्यादेश फिर्ता गरियो ?’

कार्कीले आफ्नै पार्टीको अधिवेशन समयमै गर्न नसक्ने दलबाट धेरै अपेक्षा गर्न नसकिने बताए । राजनीतिक दलसम्बन्धी व्यवस्था गर्ने कानुनले जे व्यवस्था गरेको थियो, त्यसविपरीत काम भएको आरोप उनले लगाए ।

एमाले चुनावी प्रतिस्पर्धाका लागि तयार भएको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसको विषयमा बुझ्न सकिएको छैन । २०७४ मा कांग्रेस हारेको मात्र थियो, तर अहिले कांग्रेसको सातो गएको हो कि ? उपचार नै गर्नुपर्छ कि भन्ने भएको छ ।’ लोकतन्त्रको रक्षार्थ कांग्रेस कमजोर भएको भन्दै उनले सुदृढ र बलियो हुन सुझाव दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७