एमालेमा सहमतिका साथ नेतृत्व चयन हुन्छ : ईश्वर पोखरेल


१ मंसिर २०७८, बुधबार
ishwor

काठमाडौं, १ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दशौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व सहमतिका साथ चयन हुने दाबी गरेका छन् । बुधबार महाधिवेशन जनपरिचालन अभिमुखीकरण कार्यक्रममा उनले महाधिवेशनमा कुनै प्यानल नबन्ने पनि बताए ।

‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुनेछ । हाम्रो महाधिवेशनमा प्यानल बन्ने छैन । प्यानल बनाएको लिस्ट बाँडिने छैन’, उनले भने । महासचिव पोखरेलले अब एमालेलाई र मुलुकलाई हाँक्ने खालको नेतृत्व आउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७