मतदानपछि ओली–प्रचण्डले भने, ‘सरकारले चाँडै पूर्णता पाउँछ’


२९ फाल्गुन २०७४, मंगलवार
Kp oli and puspa kamal dahal prchand

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानी उनीहरुले दुबै यस्तो बताएको हुन् ।Kp oli and puspa kamal dahal prchand
प्रधानमन्त्री ओली सरकार विस्तारका लागि सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

यस्तै अध्यक्ष प्रचण्डले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएका बताएको छ ‘स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ’, उनले भने ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७