युगान्डामा आत्मघाती बम विष्फोट, भाग्यले बच्यो भारतीय ब्याडमिन्टन टोली (भिडियो)


१ मंसिर २०७८, बुधबार
yuganda bisphot By4ZjhaQNE

काठमाडौं, १ मंसिर । युगान्डाको राजधानी कम्पालामा मंगलबार दुई आत्मघाती बम विष्फोट गराइएका छन् । घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ३० जना बढी घाइते भएका छन् ।

दुई विष्फोट ३ मिनेटको फरकमा गराइएका थिए । विष्फोटमा परी मृत्यु भएकामा २ जना प्रहरी पनि छन् । पाँच जना गम्भीर घाइते भएको बताइएको छ । विष्फोटमा परी मानिसका शरीरका टुक्रा छरपस्ट भएका थिए । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । अमाक समाचार एजेन्सीका अनुसार इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन आक्रमणकारीले संसद् र महानगरीय प्रहरी प्रधान कार्यालयनजिकै आत्मघाती विष्फोट गराएका थिए । यसैबीच विष्फोटमा पर्नबाट थोरैले बचेको छ भारतीय व्याडमिन्टन टोली । भारतीय पारा ब्याडमिन्टन टोली बसेको होटलबाट केही मिटर टाढा यी हमला भएका हुन् । एक प्रतियोगिता खेल्न भारतीय पारा ब्याडमिन्टनको टोली कम्पाला गएको छ ।

होटलमा टोकियो पाराओलम्पिकबाट स्वर्ण ल्याएका प्रमोद भगत, मानसी जोशी र मनोज सरकारसहित अन्य भारतीय खेलाडी थिए। ओलम्पिकको समयमा प्रशिक्षक रहेका गौरव खन्ना पनि टोलीमा छन् । भारतीय पारा ब्याडमिन्टनले टोलीका सबै सदस्य सकुशल रहेको जानकारी दिएको छ ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७