महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका विश्वप्रकाशले सार्वजनिक गरे यस्तो अवधारणा पत्र


१ मंसिर २०७८, बुधबार
bishwo2021 08 13 05 59 59

चितवन, १ मंसिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दलमा रुपान्तरण’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुरमा बुधबार कार्यक्रम आयोजना गरेर उनले ‘दलमा रुपान्तरण’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका हुन् । यसअघि उनले असोज ३ गते गृह जिल्ला झापामा ‘राजनीतिमा परिवर्तन’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका थिए ।

चितवनबाट सार्वजनिक अवधारणा पत्रमा पाको र जेठो राजनीतिक दल कांग्रेसमा रुपान्तरणको जबरजस्त मनोविज्ञानले अन्य सबै दलमा सकारात्मक प्रभाव पर्ने दाबी गरिएको छ ।

दलहरूमा रुपान्तरणको स्पस्ट प्रभाव दलहरूको घरेलु जीवन सँगै देश निर्माणको गति, निति र प्रवृत्तिमा देखिनुपर्ने उक्त अवधारणा पत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनमा दलहरूले एक–अर्को माथि विजय हासिल गर्न जोड गर्नु लोकतन्त्रमा सामान्य र स्वभाविक बिषय हाे । तर दलहरूले आफ्नो कमजोरीमाथि विजय हासिल गर्ने भिन्न प्रकृतिको जोड र प्रतिस्पर्धा अब भिन्न ढंगले चल्नुपर्छ,’ प्रवक्ता शर्माको अवधारणा पत्रमा भनिएको छ ।
हेर्नुस् अबधारणा पत्र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७