४१२ मा कोरोना संक्रमण, २०२ जना निको


१ मंसिर २०७८, बुधबार
korona

काठमाडौं, १ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १०६ पीसीआर र १,८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,६३६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २०२ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

उक्त अवधिमा एकजना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ । हाल ९९ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा एक लाख १ हजार ७६१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७