सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक छैटौं पटक सम्मानित


१ मंसिर २०७८, बुधबार
nabil samman b2z9IkHs7U

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष २०७६र२०७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो। विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो।

पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको छ।

विभिन्न बैंकिङ गतिविधिहरूको शुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिमा समेत व्यापक पहुँच पुराइरहेको जनाएको छ।

257579493 4423016524460619 333250940460143375 n

नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको कुल पूँजीको १ दशलमव १६ गुणा बढी हो।

बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७