न्युजिल्याण्डमाथि भारतको रोमान्चक जित


२ मंसिर २०७८, बिहीबार
india newzealand DRUH5XGNHG

काठमाडौं, २ मंसिर । भारतले बुधबार न्युजिल्याण्डसँगको टी–२० खेलमा रोमान्चक जित हात पारेको छ । बुधबार जयपुरमा भएको खेलमा भारतले दुई न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।

योसँगै भारतले न्युजिल्याण्डसँगको टी–२० सिरिजमा १–० को अग्रता लिएको हो । बुधबार भएको खेलमा पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

न्युजिल्याण्डलाई सम्मानजनक स्कोर बनाउन मार्टिन गुप्टिलले ७० रन तथा मार्क चापमेनले ६३ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको भारतले १९ ओभर ४ बलमा पाँच विकेट गुमाएर १६६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । भारतका लागि सूर्यकुमार यादवले ६२ रन बनाए भने रोहित शर्माले ४८ रनको पाली खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७