शौचालयमा मृत भेटिए कैदी


२ मंसिर २०७८, बिहीबार
death

रौतहट, २ मंसिर । रौतहतको गौरस्थित जिल्ला कारागारमा एक कैदी मृत भेटिएका छन् । रौतहटकै देवाही गोनाही नगरपालिका–७ का लडाइ साहको शव बुधबार कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

साहलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी आरोपमा पक्राउ गरेको थियो । गएको वैशाख ४ कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार दिउँसो शौचालमा उनी मृत फेला परेका हुन् । साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीले उनको खोजी गरेका थिए । शौचालयमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । साहले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको मृत्युको घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७