सर्वोच्चमा गोलाप्रथा लागू गरिने, नियमावली र निर्देशिका पारित


२ मंसिर २०७८, बिहीबार
sarbocha

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित गरेको छ । आज (बिहीबार) बसेको फुलकोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुलकोर्ट बैठकमा उनी स्वयं भने सहभागी भएनन् । तर, सर्वोच्चका बाँकी १९ जना न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका हुन् । सर्वोच्चका न्यायाधीशहरूले उक्त माग गर्दै आएका थिए ।

बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो । यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ । गोला प्रथा लागू गर्न सबै तयारी गरेपछि सर्वाेच्चले फुलकोर्ट बोलाएको हो ।

नेपाल बारले केही समयअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई भेटेर १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७