नबिल बैंकद्वारा ‘नबिल एक्स्ट्रा डिपोजिट’ खाता सञ्चालन


२ मंसिर २०७८, बिहीबार
nabil bank

काठमाडौं, २ मंसिर । नबिल बैंकले ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट’ सञ्चालनमा ल्याएको छ। यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार ‘नबिल एक्स्ट्रा डिपोजिट’ ग्राहकलाई सहज तथा सरल बैंकिङ्गको अनुभुति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दती खाता हो।

यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ। यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा तोकिएको छैन र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७