गायिका प्रविशा अधिकारीको इन्गेजमेन्ट


३ मंसिर २०७८, शुक्रबार
prabisha adhikari NEwrX1vQig

काठमाडौं, ३ मंसिर । गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन् । गायिका अधिकारीले आइतबार प्रेमी निर्माण सिटौलासँग टीकाटालो गरेकी हुन् ।

prabisha adhikari1 8S0LXIHWgf

झापास्थित घरमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । उनीहरूले आगामी आइतबार बिहे गर्ने बताइएको छ । प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन् ।

prabisha LRsgEfRdIv

निर्माण झापा चारपानेका बासिन्दा हुन् । लामो समयदेखि अमेरिकामा बसोबासरत उनी बिहे गर्न दशैंअघि अमेरिकाबाट नेपाल आएका हुन् । भर्चुअल माध्यमबाट लामो समयदेखि सम्बन्धमा रहे पनि निर्माण काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलो पटक भेट भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७