राप्रपाले फेरि सार्‍यो महाधिवेशन


३ मंसिर २०७८, शुक्रबार
Raprapa tri president

काठमाडौं, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ । पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो । राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।
यस्तै राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।

raprapa IZOPYtOAs4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७