आजदेखि ‘ए’ डिभिजन लिग : उदघाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब भिड्दै


३ मंसिर २०७८, शुक्रबार
a division first match prees meet 2

काठमाडौं, ३ मंसिर । आज (शुक्रबार) देखि नेपालको शीर्ष डिभिजन लिग शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

एन्फाले प्रतियोगिताको पूर्व सन्ध्यामा गरेको पत्रकार सम्मेलनमा १३ क्लबका मात्र कप्तान र प्रशिक्षकको उपस्थिति थियो । जसमा चार क्लबले उपाधिमा दाबी गर्दा अन्य क्लबले भने शीर्ष ६ मा रहने योजना भएको बताएका छन् । यस पटक उपाधि दाबेदारीमा साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७