उत्पादन गुणस्तरहिन पाइएपछि श्री ग्यास उद्योगलाई कारबाही


३ मंसिर २०७८, शुक्रबार
gass

काठमाडौं, ३ मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको श्री ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो ।

विभागले गरेको बजार अनुगमनका क्रममा श्री ग्यासको उत्पादन नेपाल गुणस्तरबमोजिम नपाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको छ ।

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नभएको पाइएपछि नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७