रामदेवले चन्द्रागिरी डाँडामा बसेर दिने भए योग प्रशिक्षण


३ मंसिर २०७८, शुक्रबार
ramdev1637288831

काठमाडौं, ३ मंसिर । भारतका योगगुरु बाबा रामदेवले काठमाडौंको चन्दागिरी डाँडामा बसेर योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग ध्यान तथा योग प्रशिक्षण दिन लागेका हुन् ।

रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थित मानिसलाई योग सिकाउने कार्यक्रम तय गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरी नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ । सोही बखत उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

बिहीबार नेपाल आएलगत्तै रामदेवले नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश भन्दै प्रशंसा गरेका थिए । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको बताएका थिए । ‘नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य हो,’ रामदेवले भने, ‘नेपालमा ७० हजार योगगुरु छन् ।’ शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७