बार परिसरभित्र पसेर वकिलहरुको ‘कालो कोट’ च्याति दिने धम्की दिनेहरु पक्राउ

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा बारसँगै अरू संघसंस्था पनि विरोधमा उत्रिँदै


३ मंसिर २०७८, शुक्रबार
sup cout

काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएसन परिसरभित्र पसेर कानुन व्यवहसायीहरुलाई ‘कालो कोट च्याति दिने’ र कुट्ने धम्की दिने दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ र ढकालले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो । ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनफहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलाइएको छैन । यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए । उनीहरु मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा बारसँगै अरू संघसंस्था पनि विरोधमा उत्रिँदै
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध जारी आन्दोलन बृहत् बन्दै जाने भएको छ । उनको राजीनामा माग्दै नेपाल बार एशोसिएनको आन्दोलनमा ‘बृहत् नागरिक आन्दोलन’ सहित विभिन्न संघ / संस्था पनि मिसिने भएका हुन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग खोजेको कुरा सार्वजनिक भएपछि उनले गरेका अन्य गल्ती पनि औंल्याउँदै न्यायालय शुद्धीकरणका लागि भनेर नेपाल बार एशोसिएसनको नेतृत्वमा तीन हप्तायता सर्वोच्च परिसरमा वकिलहरूले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

यसबीच वकिल र प्रहरीबीच पटक पटक घम्साघम्सी समेत भएको छ । बिहीबार मात्र प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भएका छन् । उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अब बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघसहित नागरिक तथा पेसागत संघ / संस्थाले पनि साथ दिने भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७