पिखुवाखोलामा भेटिए अशोक र योगेन्द्र (भिडियोसहित)


२९ फाल्गुन २०७४, मंगलवार
ashok

काठमाडौं: ‘पिखुवाखोला बगेझैँ मन बग्यो मन बग्यो, मन मिल्ने साथी कोही पाए मायाको देश जाऊ लाग्यो’ यी दुई हरफले स्पष्ट पार्छ यो गीतले पूर्वी नेपालको भूगोलको बयान गरेको छ । प्रेमिल शैलीमा पूर्वको विभिन्न स्थानको विशेषतालाई शब्दमार्फत मज्जाले उठान गरेका छन् रचनाकार गंगाराज मुकारुङले ।

ashok

हुन त मुकारुङ आफै भोजपुरे भएकाले पनि होलान् भोजुपरको भूगोल, सुन्दरता, संस्कृति र संस्कारलाई आफ्नो रचनामा अटाएको । रचना जस्तै गीतको भिडियो पनि उतिकै उत्कृष्ट निर्माण भएको छ । भिडियोले भोजपुरको भूगोललाई दर्शक, स्रोतले नजिकबाट नियाल्न पाउने अवसर दिएको छ । समग्रमा भिडियो निकै उत्कृष्ट छ । अशोक मुकारुङको आवाजमा रहेको गीतको भिडियोमा योगेन्द्र राई, चाँदनी राई, अशोक मुकारुङ र युनिशा रार्इले जीवन्त अभिनय गरेका छन् । निखारिएका कलाकारले भिडियोमा अभिनय गरेका कारण शब्दले न्याय पाएको छ ।

योगेन्द्रले २ सय भन्दा बढी गीतको भिडियोमा अभिनय गरिसकेका छन् । चाँदनीको पनि भिडियो अभिनयको यात्रा लामो छ । गीत र भिडियो राम्रो बन्नुको श्रेय विज्ञान राईलाई जान्छ । उनले यो भिडियो निकै मेहनतले निर्देशन र सम्पादन गरेको स्पष्ट देखिन्छ । विज्ञान खारिएका भिडियो निर्देशक मानिन्छन् । उनले निर्देशन गरेका सबैजसो भिडियो उतिकै चलेका छन् । उनले आफ्नो निर्देशकीय साखलाई यस गीतको भिडियोबाट बचाएका छन् । गीतमा वसन्त मुकारुङको संगीत रहेको छ, भने चन्द सिंहले एरेन्ज गरेका छन् । गीतको भिडियोको छायाङकन रामेश्वर कार्कीले गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७