प्रधानन्यायाधीशले तोके आफू बाहेकको १० इजलास, वकिलको धर्ना जारी


३ मंसिर २०७८, शुक्रबार
cholendra

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन् । जबराले १० संयुक्त र एक एकल गरी १० इजलास तोकेको सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीशले आफूलाई भने इजलास तोकेका छैनन् । ती इजलासमा २२२ मुद्दाको पेशी तोकिएको छ ।

अघिल्लो दिन अर्थात् बिहीबार पनि जबराले ९ इजलास तोकेका थिए । सो दिन पनि उनले आफूलाई इजलास तोकेका थिएनन् । यता नेपाल बार एसोसिएसनले न्यायाधीशविरुद्ध आज पनि धर्ना जारी राखेको छ । करिब ४ हप्तादेखि बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएको हो । प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आफ्नो आन्दोलनलाई निरन्तरता दिने बारको रणनीति छ ।

प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीहरुको बिहीबारको फुलकोर्ट बैठकले गोला प्रथासम्बन्धी नियमावली र कार्यविधि पारित गर्ने निर्णय गरेको छ । तर कानुन व्यवसायीहरु भने सो निर्णय सकारात्मक भए पनि आफ्नो आन्दोलन न्यायिक शुद्धीकरणका लागि भएकाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन् । गोला प्रथाबाट पेशी तोके पनि उनीहरुले बहसमा नजाने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७