प्रदेश–२ मा नेकपा (एस) का शत्रुधन र प्रमोद मन्त्री बन्दै, आइतबार शपथ


३ मंसिर २०७८, शुक्रबार
Pradesh 2 Satrudhan Pramod1637318923

जनकपुर, ३ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश–२ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इञ्चार्ज धर्मनाथ साहले जानकारी दिए । प्रदेश–२ सरकार आउँदो आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा (एस) प्रदेश– २ सरकारमा सहभागी हुने तय भएको संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए ।

मन्त्रालयको टुङ्गो लागेपछि एकीकृत समाजवादीले संसदीय दलण्का नेता समेत रहेका धनुषाका शत्रुधन महतो र सिराहाका सांसद प्रमोद यादवलाई मन्त्री बनाउने निर्णय गरेको छ । महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको हो ।

एउटा राज्यमन्त्री दिने सहमति भएपनि तत्काल शपथ ग्रहण नहुने बुझिएको छ । आइतबार दिउसो २ बजे नयाँ मन्त्रीको शपथ ग्रहण हुनेछ ।
नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मुख्यमंत्री लालबाबु राउतले जसपाकै उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरेका थिए । यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए । अब प्रदेशमा चार दलीय गठबन्धनको सरकार हुनेछ । जसापको नेतृत्वमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७