देशभरका ६,७४३ वडामा शनिबार एकै दिन नेतृत्व चयन गर्दै माओवादी केन्द्र

प्रचण्डले ‘भर्चुअल’ उद्घाटन गर्ने, विभाजित नहुन कार्यकर्तालाई अपिल


३ मंसिर २०७८, शुक्रबार
prachanda 2

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रको भोलि (शनिबार) देशभर वडा सम्मेलन हुँदैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

देशभर ६,७४३ वटा वडा छन् । माओवादी केन्द्रले सबै वडामा एकै दिन नेतृत्व चयन गर्न लागेको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यसै सन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभई वडा सम्मेलनमा सहभागी हुन अपिल गरेका छन् ।

‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ’ महराद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

नेतृत्व चयन : सकेसम्म सर्वसम्मत, नभए निर्वाचन
माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिनेछ । नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने पत्रकाहरुको प्रश्नममा केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७