प्रधानन्यायाधीश जबराले वार्ताका लागि बारलाई पठाए पत्र


३ मंसिर २०७८, शुक्रबार
sarbochha 1

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएसनलाई पत्र पठाएका छन् ।
उनले पत्रमा वार्ताका लागि आह्वान गरेका छन् । बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै बारलाई पत्र पठाएका हुन् । बारको जारी बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले उक्त पत्र वाचन गरेका थिए ।

प्रधानन्यायाधीशले पठाएको पत्रमाथि बारको कार्यसमिति बैठकमा छलफल भइरहेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । नेपाल बार एशोसिएसनले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । बारका एक पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७