२०७८ मंसिर ४ गते शनिबारको तपाईको राशिफल

अन्तर्राष्ट्रिय बाल दिवस


प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार ०६:२९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कमको थालनी हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामान हराउने वा चोरी हुने भय छ । विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनु होला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभ नै मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दानपुण्यका कार्यमा सहभागी भइने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । परिवारसँग रमाइलो भेटघाट पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । इच्छा र आकांक्षा पूर्ण हुने भएको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । प्रणय सम्बन्ध बढेर जाने समय पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्