ट्रक दुर्घटनामा २४ प्रहरी घाइते


४ मंसिर २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

उदयपुर, ४ मंसिर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७