राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान


४ मंसिर २०७८, शनिबार
rakhepa sCKYNJq61p

काठमाडौं, ४ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आजको गोरखापत्रमा सार्वजनिक सूचना निकालेर राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको कार्तिक १ गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो । सिलवाललाई केपी ओली नेतृत्वको सरकारले २०७६ साल असारमा सदस्य सचिवमा कार्यकालको लागि नियुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य सचिव सिफारिस समितिले राखेपको सदस्य सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७