कांग्रेस दाङ : नौ जना प्रदेश प्रतिनिधि निर्विरोध


४ मंसिर २०७८, शनिबार
Congress

दाङ, ४ मंसिर । दाङ कांग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १४औं महाधिबेशन अन्र्तगत शुक्रबार भएको मनोनयन दर्ता पश्चात नौ जना निर्विरोध निर्वाचित भएका हुन् । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चुर्णबहादुर चौधरी निर्विरोध भएका छन् ।

उनी थारु प्रदेश महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएका हुन् । त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारु तर्फकै मधु चौधरी, आदिबासी जनजाति तर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुबकुमार पुन, खसआर्य तर्फ मनोज वुढाथोकी र दलित तर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिबेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन् । उनी क्षेत्र २ (ख) अन्तर्गत हुन् ।

खस आर्य तर्फबाटै निर्वाचन क्षेत्र १ को (ख) बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन हुनेछ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७