प्रचण्डलाई रौतहटमा ५१ किलोको माला (तस्विरहरु)


४ मंसिर २०७८, शनिबार
prachanda mala Niwvi9eFXr
??????

रौतहट, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फूलको माला लगाएर स्वागत गरेको हो ।

बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ बजे पुगेका थिए । नेकपा माओवादी केन्द्रले आज (शनिबार) मुलुकभर आफ्नो वडा अधिवेशन गरिरहेको छ । यस क्रममा अध्यक्ष प्रचण्ड आज रौतहट पुगेका हुन् ।
प्रचण्डको आफ्नै फेसबुकका केहि तस्विरहरु

prachanda rautahat
prachanda rautahat1
prachanda rautahat2
prachanda rautahat3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७