माछा मार्न लगाएको करेन्टमा परेर महिलाको मृत्यु, ६ जना पक्राउ


४ मंसिर २०७८, शनिबार

पाल्पा, ४ मंसिर । पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रैनादेवी छहरा–२, सोमादीका ३५ वर्षका हुमबहादुर घर्तीमगर, सोही स्थानका ४४ वर्षका हरिप्रसाद पाण्डे, २४ वर्षका अनिल बुढा, ३२ वर्षका पदमबहादुर गाहा र २७ वर्षका धनबहादुर गाहा र रिब्दीकोट–१, बस्ने ३० वर्षका केशब आले रहेका जिल्ला प्रहरी कार्याय पाल्पामाले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रैनादेवी छहरा–२, का ३५ वर्षका सूर्य गरम्जा र सोही स्थानका २८ वर्षका लालबहादुर बुढाथोकी फरार रहेका जनाएको छ । गत कात्तिक ३० गते घरबाट घाँस काट्न भनेर गएकी रैनादेवी छहरा–२, ताङ्सिङ्गलका ३२ वर्षीय सुमित्रा विकको सर्दी खोलामा माछा मार्नका लागि प्रयोग भएको करेन्ट लारेर मृत्यु भएको थियो । पक्राउ गरिएकामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७